नेपाल सत्य

9638 Posts
अमेरिकाबाट चुपचाप पैसा फिर्ता ल्याउँदै चीन, कहाँ गरिरहेको छ लगानी ?

अमेरिकाबाट चुपचाप पैसा फिर्ता ल्याउँदै चीन, कहाँ गरिरहेको छ लगानी ?

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्। उनीहरुबीच धेरै वर्षदेखि व्यापार युद्ध चलिरहेको छ। यसैबीच चीनले अमेरिकी सम्पत्ति बजारबाट आफ्नो लगानी चुपचाप घटाइरहेको छ। अमेरिकी ट्रेजरी, स्टक, एजेन्सी, कर्पोरेट र अन्य बन्डमा चीनको लगानी अहिले १.५६ ट्रिलियन डलरमा झरेको छ। जुन लगभग १४ वर्षमा सबैभन्दा कम हो। यसमा अमेरिकी ट्रेजरीमा बेल्जियमको होल्डिङ समावेश छ। जुन चीनको कस्टोडियल अकाउन्टहरुको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। बेल्जियम ट्रेजरीबाहेक अमेरिकी सम्पत्ति बजारमा चीनको होल्डिङ १.१६ ट्रिलियन डलर छ। जुन सन् २००८ पछिको सबैभन्दा कम हो। गत नोभेम्बरमा अमेरिकी ट्रेजरीमा चीनको होल्डिङ ६.१ अर्ब डलरले घटेर ६८२.६ अर्ब डलरमा झरेको छ।…
Read More
भारतद्वारा निर्वाचनसम्बन्धी सहयोगको तेस्रो खेप हस्तान्तरण

भारतद्वारा निर्वाचनसम्बन्धी सहयोगको तेस्रो खेप हस्तान्तरण

काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको सहयोगअन्तर्गत तेस्रो खेप औपचारिक रूपमा हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सहयोग गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन्। तेस्रो खेपअन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्रीहरू समावेश छन्। यी सामग्रीहरू आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेअनुसार प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ। नेपाली सेनाका लागि उपलब्ध गराइएका ट्रकहरू प्रधानसेनापति अशोकराज सिग्देललाई राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका थिए। कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै र महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा भारतीय पक्षप्रति धन्यवाद व्यक्त गरे। उनले…
Read More
भारत–नेपाल स्टार्टअप नेटवर्क (इन-स्पान) को पहिलो चरण सम्पन्न, २४ नेपाली दीक्षित

भारत–नेपाल स्टार्टअप नेटवर्क (इन-स्पान) को पहिलो चरण सम्पन्न, २४ नेपाली दीक्षित

काठमाडौँ । भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त समारोह भारतको चेन्नईस्थित आईआईटी मद्रासमा सम्पन्न भएको छ। आठ हप्ते पूर्ण रूपमा वित्तपोषित तालिम तथा नवप्रवर्तन कार्यक्रम पूरा गरेका २४ नेपाली स्टार्टअपहरू समारोहमा दीक्षित भएका हुन्। समारोहमा भारत सरकारको विदेश मन्त्रालयका उत्तर विभागका अतिरिक्त सचिव मुनु महावर प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले कार्यक्रम आयोजना गरेको आईआईटी मद्रास र त्यसको नवप्रवर्तन इकोसिस्टमलाई धन्यवाद दिँदै सहभागी स्टार्टअपहरूलाई बधाई पनि दिए । महावरले यस पहलले भारत-नेपालबीचको स्टार्टअप सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको इन-स्पान कार्यक्रम अन्तर्गत सहभागीहरूले तालिम, कार्यशाला, सीप विकास र…
Read More
भारत सरकारद्धारा नेपाललाई चुनाव सम्बन्धी सहयोगको दोस्रो चरण उपहारस्वरूप हस्तान्तरण

भारत सरकारद्धारा नेपाललाई चुनाव सम्बन्धी सहयोगको दोस्रो चरण उपहारस्वरूप हस्तान्तरण

काठमाडौं । नेपालको आगामी निर्वाचन तयारीका लागि भारत सरकारले प्रदान गरेको चुनाव सम्बन्धी सहयोगको दोस्रो चरण आज अर्थ मन्त्रालयमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। भारतको काठमाडौंस्थित दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा २५० भन्दा बढी सवारीसाधनहरू हस्तान्तरण गरेका हुन्। यो सहयोग नेपाल सरकारको अनुरोधमा निर्वाचन तयारीका लागि प्रदान गरिएको हो। कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो समयदेखिको सहकार्य तथा मित्रवत् सम्बन्धको चर्चा गर्दै भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे। उनले यी सवारीसाधनहरूले आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण योगदान पुग्ने बताए। यसअघि पहिलो चरणको सहयोग २० जनवरी २०२६ मा हस्तान्तरण…
Read More
भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं । भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण आज हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा भारतको तर्फबाट प्रदान गरिएको सहयोग गृह मन्त्री ओमप्रकाश आर्याललाई बुझाइएको हो। नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन्। यी सवारीसाधन र सामग्री आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत रहेका छन्। कार्यक्रममा गृह मन्त्री आर्यालले भारत सरकार र भारतीय जनताप्रति सहयोगका लागि आभार व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध गहिरो, व्यापक र बहुआयामिक रहेको उल्लेख गर्दै यस किसिमको सहयोगले दुई देशबीचको आपसी विश्वास झनै बलियो…
Read More
ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरे । भारत सरकारको ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुने यो भवन तीन र आधा तल्लाको हुनेछ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। सिद्धिचरण नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले भारत सरकारको आर्थिक सहयोगको प्रशंसा गर्दै यस परियोजनाले स्थानीय शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । भारत–नेपाल साझेदारी विभिन्न क्षेत्रहरूमा…
Read More
भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशको गुल्मीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशको गुल्मीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास आज सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा गर्नुभयो । धुर्कोट गाउँपालिका–३ स्थित निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग नेरु ३.८ करोडमा निर्माण हुँदैछ । नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान…
Read More
पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। बिहीबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यको स्वागत गरे । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई गति दिएको उल्लेख गर्दै धार्मिक र सांस्कृतिक पर्यटन परिपथको प्रवर्द्धनमार्फत नेपाल–भारत पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न संयुक्त प्रयास आवश्यक रहेको बताए। उत्तर…
Read More
संखुवासभामा उच्च प्रभाव परियोजनाअन्तर्गत विद्यालय भवन उद्घाटन

संखुवासभामा उच्च प्रभाव परियोजनाअन्तर्गत विद्यालय भवन उद्घाटन

संखुवासभा । कोशी प्रदेशको संखुवासभा जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण सम्पन्न भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा अवस्थित श्री दिदिङ आधारभूत विद्यालय को नवनिर्मित विद्यालय भवनको उद्घाटन आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पा ले संयुक्त रूपमा गर्नुभएको हो। उच्च प्रभाव परियोजनाअन्तर्गत निर्माण विद्यालय भवन तथा यससँग सम्बन्धित अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत अघि बढाइएको थियो। उक्त परियोजनाको कार्यान्वयन चिचिला गाउँपालिका मार्फत गरिएको हो। परियोजनाले स्थानीय तहको…
Read More
नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनको दोस्रो ‘ग्लोबल समिट अन ट्रेडिशनल मेडिसिन’ आयोजना हुने

नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनको दोस्रो ‘ग्लोबल समिट अन ट्रेडिशनल मेडिसिन’ आयोजना हुने

काठमाडाैं । डब्लूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन रणनीति २०२५-२०३४ को मार्गदर्शनमा आयोजना हुने उक्त समिटमा परम्परागत चिकित्सा प्रणालीले मानिसकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छ भन्ने विषयमा छलफल हुने बताइएको छ। काठमाडौं- भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दोस्रो ग्लोबल समिट अन ट्रेडिशनल मेडिसिन आयोजना गर्ने भएको छ। समिट यही २०२५ डिसेम्बर १७ देखि १९ तारिखसम्म नयाँ दिल्लीमा हुने डब्लूएचओले जनाएको छ। डब्लूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन रणनीति २०२५-२०३४ को मार्गदर्शनमा आयोजना हुने उक्त समिटमा परम्परागत चिकित्सा प्रणालीले मानिसकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छ भन्ने विषयमा छलफल हुने बताइएको छ। समिटमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.