१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)संक्रमित हुने सुरक्षाकर्मीको संख्या बढ्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चारवटा सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका ९५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जना विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्।

नेपाली सेनाका ४१० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमितलाई आइसोलेसनमा राखिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.