पदावधि थप नभएपछि सोमबारबाट बिदामा बस्दै उपरथी कार्की

काठमाडौँ – नेपाली सेनाका उपरथी अनन्त कार्की भोलीबाट बिदामा बस्ने भएका छन् ।

आफ्नो पदावधि थप नगरेको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा उजुरी दिएका कार्की भोलीबाट बिदामा बस्ने भएका हुन् ।

पदावधि थप नभएपछि उपरथी कार्कीले माघ २३ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । सैनिक प्रवक्ता नारायण सिलवालले उपरथी कार्की सोमबाट बिदामा बस्ने जानकारी दिए ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीबाहेक अन्य दुई जना उपरर्थीको कार्यकाल दुई वर्ष थप गरेपनि कार्कीको भने थप गरेको थिएन । दुई वर्ष पदावधी थप हुने उपरथीहरुमा सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् । प्रधानसेनापति शर्माले उपरथीहरु खड्का र कार्कीको मात्र पदावधि थपका लागि रक्षा मन्त्रालयमा पठाएका थिए ।

प्रधानसेनापतिले आफूलाई अन्याय गरेको भन्दै उपरथी कार्कीले प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा उजुरी दिएका थिए । सेनामा उपरथीको कार्यकाल थप गर्ने वा नगर्ने अधिकार प्रधानसेनापतिलाई हुन्छ ।

Facebook Comments