यूइएफए च्याम्पियन्स लिगको उपाधि बायर्नले पाए
पोर्चुगल । जर्मन क्लब बायर्न म्युनिखले यूइएफए च्याम्पियन्स लिगको यस सिजनको उपाधि हात पार्न सफल भएको छ । याेसहित बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले बायर्नले हराउएकाे हाे । खेलको सुरुवाततिर दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए । १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले रोकेका थिए । २२औं मिनेटमा बायर्नका रोवर्ट लेवान्डोस्कीले प्रहार गरेको बल पिएसजीका गोलरक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो । ३१औं मिनेटमा लेवान्डोस्कीको शक्तिशाली हेडरलाई नाभासले दोस्रो प्रयासमा बचाउ गरे । पहिलो…