आर्सनललाई हराउँदै लिभरपुल कारबाओ कपको फाइनलमा

लिभरपुल कारबाओ कपको फाइनलमा पुगेको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलमाथि २–० को जित हात पार्दै लिभरपुलले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

आर्सनलमाथि जित निकाल्ने क्रममा लिभरपुलका डिओगो जोटाले दुई गोल गरे।

उनले खेलको १९ र ७७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

मोहम्मद सलाह र साडियो मानेजस्ता खेलाडी विना नै मैदानमा उत्रिएको लिभरपुलका लागि जोटाले महत्वपूर्ण गोल गरेका हुन्।

यसअघि पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए। लिभरपुल ६ वर्षमा पहिलोपटक कारबाओ कपको फाइनलमा पुगेको हो।

चेल्सी यसअघि नै कारबाओ कपको फाइनलमा पुगिसकेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.