कस्तो रहने छ आजको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै शनिबार देशका पहाडी भू-भागहरूमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यता आइतबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.