सुरक्षा/अपराध

लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ। सरकारले कोरोना भाइरसको जोखिम रोक्न लागू गरेको लकडाउनको अटेरी गरी सडकमा निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए। यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कोभिड-१९ जोखिम बढ्न थालेपछि सरकारले गत चैत ११ गते देखि लकडाउनलाई निरन्तरता दिएको छ । लकडाउन अवधि पछिल्लो पटक थपेर ५ जेठसम्म…
Read More
१८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

१८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

मलंगवा । सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त परिमाणमा स्रोत नखुलेको रकम फेला परेको हो । सशस्त्रको टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।
Read More
काठमाडाैंमै घरेलु कामदारमाथि बलात्कार, एक भारतीय पक्राउ

काठमाडाैंमै घरेलु कामदारमाथि बलात्कार, एक भारतीय पक्राउ

काठमाडौं । काठमाडाैंमा घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय रमाकान्त सरावगीलाई जैसीदेवलबाट पक्राउ गरेको हो । बाग्लुङकी १८ वर्षीया बलात्कृत किशोरीकाे जाहेरीपछि सरावगीलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडाैँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार पीडित किशोरीलाई सरावगीले कुकुरको स्याहारका लागि गत फागुनमा घरेलु मजदुरका रूपमा राखेका थजैसीदेवलमा बस्ने उनले किशोरीलाई मासिक आठ हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए । काममा राखेको तीन दिनपछि नै सरावगीले आफूमाथि यौन शोषण सुरु गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । अचानक काम छाडेर उनी फर्केपछि परिवारले उनीसँग सोधपुछ गरेका थिए ।…
Read More
विप्लव नेकपाका केन्द्रीय सदस्य शर्मा पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य शर्मा पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो। उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अस्पतालमै छन् । शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् । अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा…
Read More
एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जना पक्राउ

एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मालुमेला घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का छन् । एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको हाे । बुथमा रहेको सीसीटीभी क्यामेराले क्याप्चर गरेको फुटेज अध्ययन गर्ने क्रममा पैसा लुट्ने उद्देश्यले कसैले एटीएममा तोडफोड गरेको देखियो । सीसीटीभी फुटेजकै आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले एटीएम तोडफोड गर्ने कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । खड्कालाई सोमबार कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीका…
Read More
विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

मोरङ। सशस्त्र प्रहरी बल बिराटनगरले १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । WB73E 7635 नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो। पक्राउ पर्नेमा ट्रक चालक रवि कुमार र सहचालक पप्पु कुमार रहेका छन्। दुवै जना भारतीय नागारिक हुन्। नेपालमा उनीहरुले पैसा कसको लागी ल्याएका थिए भन्ने खुल्न सकेको छैन। यस बिषयमा थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।
Read More
किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

इटहरी । सुनसरीको इटहरीमा सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् भने आरोपित अन्य ७ जना फरार रहेका छन्। मोरङको सुन्दरहरैंचा २ कि १७ वर्षीया किशोरीको उजुरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो। अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले आरोपितका साथै अन्य घटना विवरण सार्वजनिक गरेको छैन। ती किशोरीलाई पुर्याइदिने भन्दै इटहरी ११ सिमरबनाका त्रिलोचन चौधरी र अमित चौधरीले सिमरबना चोक पुर्‍याएका थिए। त्यहाँ दुवैजनाले अरु ७ जनालाई पनि बोलाएको पीडित युवतीको भनाइ छ। युवतीका मामाको सालो पर्ने दुवै मुख्य आरोपित पक्राउ परेका छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्‍याइदिने बहानामा…
Read More
६ जिल्लामा एसपीको काज सरुवा

६ जिल्लामा एसपीको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले  जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो । त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.