किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

इटहरी । सुनसरीको इटहरीमा सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् भने आरोपित अन्य ७ जना फरार रहेका छन्।

मोरङको सुन्दरहरैंचा २ कि १७ वर्षीया किशोरीको उजुरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो। अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले आरोपितका साथै अन्य घटना विवरण सार्वजनिक गरेको छैन।

ती किशोरीलाई पुर्याइदिने भन्दै इटहरी ११ सिमरबनाका त्रिलोचन चौधरी र अमित चौधरीले सिमरबना चोक पुर्‍याएका थिए। त्यहाँ दुवैजनाले अरु ७ जनालाई पनि बोलाएको पीडित युवतीको भनाइ छ। युवतीका मामाको सालो पर्ने दुवै मुख्य आरोपित पक्राउ परेका छन्।

गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्‍याइदिने बहानामा इटहरी ११ स्थित सिमरबना चोक नजिकको बगैंचामा बलात्कार गरेका हुन्। अन्य ७ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *