पत्रपत्रिका

कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

कतारमा मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय स्वदेश फर्किए

काठमाडौ‌ । मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ । नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो । उनीहरु सोमबार बिहान दिल्ली विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो। दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो ।
Read More
पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सामा ट्राफिक प्रहरीद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक…
Read More
कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

कर्णालीका यी पालिकाहरूले मनाउँदै छन् ‘जनयुद्ध दिवस’

सुर्खेत । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । तर जनयुद्धको आधार इलाका मानिएको कर्णालीका कतिपय पालिकाहरूले भने अदालतको आदेशको अवज्ञा गर्दै धमाधम बिदा दिने निर्णय गरिरहेको छन् । विशेष गरी नेकपा (माओवादी केन्द्र)ले जितेको पालिकाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएका छन् । अहिलेसम्म चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र डोल्पाको मुड्केचुल्ला गाउँपालिका र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते बिदाको घोषणा गरेका छन्…
Read More
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत श्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौंलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि…
Read More
भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय…
Read More
अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

अख्तियारलाई प्रधानमन्त्रीले भने – भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई अनुसन्धान गर्नू, सरकारको साथ छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रशंसा गरे । । उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेकोसमेत उनको भनाई छ । “माथिल्लो तहदेखि…
Read More
एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् । उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ । रकम हिनामिना…
Read More
बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं । हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले राजीनामा दिएकी छन् । बालबालिकाको यौन शोषण अभियोगमा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफी भएकोमा खेद व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन् । गत साता एक सरकारी बालगृहका निर्देशकमाथिको साजय माफी गरेकी थिइन् । ती निर्देशकले यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाब दिएका थिए । राष्ट्रपतिको सजाय माफी सम्बन्धी निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध र आलोचनासँगै उनको राजीनामा समेत मागिएको थियो ।
Read More
लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् । महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरु बनाउन समेत निर्देशन दिएका हुन् । गृहमन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए । त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो । गृहमन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै…
Read More
क्यानडाविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै नेपाल

क्यानडाविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.