कोरोना महामारीकाे माैका छाेपी २ नम्बर प्रदेशमा अर्बाैकाे भ्रष्टाचार
काठमाडाैँ । कोरोना महामारी रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम खर्च गरेको छ । प्रदेस सरकारले कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६र०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ सय ८० रुपैयाँ थप रकम निकासा र ५१ करोड ७३ लाख रुपैयाँ कार्यक्रम संशोधन गरी कुल १ अर्ब ६९ करोड ४६ लाख ३४ हजार ७ सय ८० रुपैयाँ निकास गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस…