भ्रष्टाचार/ अनुसन्धान

घुस लिने प्रहरी हवल्दारसहित २ जना अख्तियारको फन्दामा

घुस लिने प्रहरी हवल्दारसहित २ जना अख्तियारको फन्दामा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा एक जना प्रहरी हवल्दारसहित २ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको सीआईबीमा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर प्रहरी हवल्दार बाबुराम घिमिरेले तीन लाख ९९ हजार घुस लिएको कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरिएको हो। हवल्दार घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुसवापत रकम लिएको पुष्टि हुन आएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए। आयोगले उनीहरु उपर…
Read More
३० हजार घूससहित सव–इन्जिनियर अख्तियारको फन्दामा

३० हजार घूससहित सव–इन्जिनियर अख्तियारको फन्दामा

ओखलढुंगा । ओखलढुंगामा ३० हजार घूससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Read More
घुस लिने प्रहरी जवान अख्तियारको फन्दामा

घुस लिने प्रहरी जवान अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले जवान यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । प्रवक्ता रिसालका अनुसार यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो । हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताए…
Read More
चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । सरकारले २०७१ सालमा गठन गरेको कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो…
Read More
मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा अख्तियारको छापा

मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा अख्तियारको छापा

सुर्खेत । मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियारले छापा मारेको छ । नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
Read More
बीपी प्रतिष्ठानको उपकुलपति गिरीको अख्तियारको आवासमा छापा

बीपी प्रतिष्ठानको उपकुलपति गिरीको अख्तियारको आवासमा छापा

धरान। पछिल्लो समय निकै क्रियाशिल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको आवासमा छापा मारेको छ । मंगलबार आयोगको इटहरी टोलीले उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको आवास गृहमा छापा मारेर त्यहाँको कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ । यसअघि प्रतिष्ठानमा उपकुलपति गिरीले प्रतिष्ठानका सम्पति दुरुपयोग गर्दै आवश्यकता भन्दा बढि विलासिताका सामान खरिद गरेको विषयमा अख्तियारमा उजुरी परेपछि आयोगले उपकुलपति गिरीलाई लिखित जवाफ मागेको थियो । तर उपकुलपतिको आवासबाट आयोगको पत्रको कुनै जवाफ नआएपछि मंगलबार टोली आफैँ पुगेर कागजपत्र नियन्त्रणमा लिइएको आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिए । प्रतिष्ठानमा भएको अनियमिततामा उपकुलपति डा ज्ञानेन्द्र गिरी र…
Read More
डेढ लाख घुससहित अधिकृत पक्राउ

डेढ लाख घुससहित अधिकृत पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतलाई डेढ लाख घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार पक्राउ परेका उनीहरुले डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएका थिए । बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Read More
दुई करोड रकम हिनामिनाको आरोपममा प्राविधिक सहायक निलम्बित

दुई करोड रकम हिनामिनाको आरोपममा प्राविधिक सहायक निलम्बित

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्। विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको हो। निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन् । आचार्यले कुनै कारवाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी…
Read More
कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

काठमाडाैँ । कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको हो । बोदेबरसाइन नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएको सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको छ । सार्वजनिक गरेको खर्च विवरण अनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरिएको छ । गत बुधबार नगरपालिकाले कूल २ करोड २१ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको ३ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५…
Read More
५० प्रतिशत नेपाली जनता भन्छन्- राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी!

५० प्रतिशत नेपाली जनता भन्छन्- राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी!

काठमाडाैँ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ। ५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ । राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् । स्थानीय तहका अधिकारीहरू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.