भ्रष्टाचार/ अनुसन्धान

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि लालबाबु राउतले खोले मुख

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि लालबाबु राउतले खोले मुख

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् । पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’ आफूले अख्तियारको शैलीका बारेमा…
Read More
चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश

चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीका अनुसार शर्माले धरौटी रकम बुझाउने तयारी गरिरहेका छन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Read More
भट्ट र अग्रवालको योजनामा कालो धनलाई सेतो बनाउन अर्थमन्त्री नै सक्रिय

भट्ट र अग्रवालको योजनामा कालो धनलाई सेतो बनाउन अर्थमन्त्री नै सक्रिय

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटमा लगानीमा स्रोत नखोज्ने ब्यवस्था राखेपछि कालो धनलाई सेतो बनाउन खोज्नेहरु उत्साहित भएका छन्। अर्थमन्त्री शर्माले विवादास्पद ठेकेदार दीपक भट्ट र सुलभ अग्रवालको सल्लाहमा कालोधनलाई सेतो बनाउनेगरी लगानीमा स्रोत नखोज्ने बुँदा बजेटमा राखेको अर्थमन्त्रालयको उच्च स्रोत बताउँछ । दीपक भट्ट र सुलभ अग्रवालले नै अर्थमन्त्री शर्मालाई लगानीमा स्रोत नखोज्ने ब्यवस्था गर्नका लागि सल्लाह दिएको र त्यसबापत आकर्षक लाभको प्रस्ताव राखेपछि बजेटमा नै कालोधनलाई सेतो बनाउनेगरी ब्यवस्था गरिएको हो, अर्थका एक अधिकारीले भने । दीपक भट्टसँग मन्त्री शर्माको ऊर्जामन्त्री हुँदादेखिकै कनेक्सन थियो । ऊर्जामन्त्री हुँदा शर्माले नै बुढीगण्डकी आयोजनाको अनुमति विना प्रतिस्पर्धा भट्टको चाइना गेजुवालाई…
Read More
३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको अवधिमा अख्तियारले सातवटा घुससँग सम्बन्धित मुद्दा दर्ता गरेको छ । १ साउनदेखि ५ असोजसम्म अख्तियारले २५ वटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । अख्तियारमा नयाँ पदाधिकारी आएपछि भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम हुनुपर्नेमा अहिलेसम्म कुनै पनि ठूला भ्रष्टाचार मुद्दाको फाइल खोल्न सकेको देखिँदैन । रिसवत घुस मुद्दालाई मात्रै उपलब्धि मान्दै आएको अख्तियारलाई योपटक सर्वोच्च अदालतको आदेशले भने केही झस्काइदिएको छ । अहिले अख्तियार साना खुद्रे मुद्राको चार्ट…
Read More
कारोडौं गोलमाल गर्ने खाद्य संस्थान प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

कारोडौं गोलमाल गर्ने खाद्य संस्थान प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो । संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत ९७ लाख दुई हजार ७८४ रुपैयाँ बराबरको हानी नोक्सानी गरेको आयोगको अनुसन्धानमा पाइएको छ । आयोगले कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारवाही र कैद सजायको…
Read More
महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरण : अख्तियारले लियो एकसय जनाभन्दा बढीसँग बयान

महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरण : अख्तियारले लियो एकसय जनाभन्दा बढीसँग बयान

कञ्चनपुर । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौँ बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएको छ । अख्तियारले काठमाडौंको बालुवाटार सरकारी जग्गा प्रकरणजस्तै मानिएको सो जग्गाको छानबिन गरिरहेको छ । नापी विभागका उपसचिव पुष्कर चन्द नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धानको विशेष टोलीले महेन्द्रनगर आएर छानबिन गरिरहेको हो । छानबिनका लागि विशेष टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धानको सुदूरपश्चिम क्षेत्रीय कार्यालय महेन्द्रनगरले समेत सहयोग गरिरहेको छ । वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको जग्गा विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले विशेष चासो देखाएपछि विशेष टोली महेन्द्रनगर आइपुगेको अख्तियार जनाएको छ । महेन्द्रनगर…
Read More
बोइङ प्रकरण : ४५ करोड बराबरको इन्जिन भेटिएपछि वायु सेवा निगमसँग अख्तियारले माग्यो स्पष्टिकरण

बोइङ प्रकरण : ४५ करोड बराबरको इन्जिन भेटिएपछि वायु सेवा निगमसँग अख्तियारले माग्यो स्पष्टिकरण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुई कमर्चरीसँग स्पष्टिकरण मागेको छ। बोइङ जहाज लिलाम भइसकेपछि स्पेनमा भेटिएको इन्जिनलगायत ४५ करोड रुपैयाँ बराबरका पार्टपुर्जाबारे आयोगले स्पष्टिकरण सोधेको हो। आयोगका अनुसार निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र इन्जिनियरिङ तथा मर्मत विभागका प्रमुख तथा नायब महाप्रबन्धक कर्णबहादुर थापालाई अख्तियारमा बोलाएरै स्पष्टीकरण सोधिएको हो। अख्तियारका आयुक्तहरू किशोरकुमार सिलवाल, जयबहादुर चन्द, सचिव तोयम रायाले निगमले केही साताअघि अमेरिकी कम्पनीलाई लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिएको दोस्रो बोइङ (गण्डकी) का छुटाइएका पार्टपुर्जा र इन्जिनबारे पौडेल र थापाबाट जानकारी लिएका थिए। उक्त प्रकरणबारे निगमका महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक थापाले स्पेनमा इन्जिन मर्मत गर्न पठाइएको जानकारी…
Read More
नेपालमा कर छल्दै कोकाकोला कम्पनी

नेपालमा कर छल्दै कोकाकोला कम्पनी

काठमाडौं। कोकाकोला उत्पादक कम्पनी ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेको विषयमा कर लाग्ने निष्कर्ष महालेखा कार्यालयको छ । ‘ठूला करदाता कार्यालयअन्तर्गतको एक बहुराष्ट्रिय कम्पनीको कुल सेयर संख्या १९ लाख ४८ हजारमध्ये १४ लाख ८४ हजार ३०१ कित्ता शेयर अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरी यस कम्पनीमा प्रवेश गरेको अमेरिकाको एक सेक्युरिटी कमिसनले सन् २०१६ मा खुलासा गरेको छ,’ कोकाकोलाबारे नाम उल्लेख नगरी महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा भनिएको छ । उक्त कम्पनीको २०७१ मंसिरमा ७६.१६ प्रतिशत स्वामित्व परिवर्तन भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ । ‘तत्पश्चात् कम्पनीको नाम परिवर्तन गरिएको छ । सेयर खरिदबिक्री गर्दा भएको स्वामित्व…
Read More
नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा करोडौंको अनियमितता

नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा करोडौंको अनियमितता

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पमा करोडौंको अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पम्पमा एक करोड ३ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले एक प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दावीसहित अख्तियारले विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो । कार्की पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको अख्तियारको दाबी…
Read More
प्रहरी हवल्दार श्रेष्ठसहित ३ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर

प्रहरी हवल्दार श्रेष्ठसहित ३ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित ३ जनाविरुद्द घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा प्रहरी हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्र.ह. श्रेष्ठले थुनामा रहेको व्यक्ति धरौटीमा छुटाईदिने भन्दै सेवाग्राहीबाट ६० हजार घुस मागेर अनिश जोशीलाई लिन लगाई आफूले अनिशबाट उक्त रकम लिने गरेको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । साथै थुनामा रहेको व्यक्ति छुटाउन भनी सेवाग्राहीबाट अनिश जोशीले लिई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.