भ्रष्टाचार/ अनुसन्धान

कर छल्न गलत तरिकाले गाडी विक्री गरिँदै, अधिकांश ग्राहक बैंकका कर्मचारी

कर छल्न गलत तरिकाले गाडी विक्री गरिँदै, अधिकांश ग्राहक बैंकका कर्मचारी

काठमाडौं । सवारीसाधन आयात गर्दा निर्यात गर्ने देशबाटै कम रकमको बिल बिजक बनाएर ल्याउने र भन्सार, अन्तःशुल्क लगायत भ्याट तथा सडक निर्माण दस्तुर कम तिर्ने घटनाहरू पुराना भए वा भनौं अहिले बन्द प्रायः भए । तर, गाडी विक्रेता कम्पनीले केही यूनिट गाडी विक्री गर्ने लोभमा आन्तरिक बजारमा तोकिएको विक्री मूल्यभन्दा धेरै कम रकममा गाडी बेच्ने र त्यसबाट कर छल्ने गरेको पाइएको छ । ग्राहकले चाहेको रकममा बिलबिजक जारी गरी बाँकी रकम नगदमै लिएर कतिपय विक्रेताले गाडी विक्री गर्न थालेका छन् । यसले गाडी विक्रेता र खरिदकर्ताको चाहना पूरा भएपनि कानुनसम्म काम भने भएको छैन । यसले सरकारले राजस्व भने गुमाइरहेको…
Read More
बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ : प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सिआइबी) ले बालुवाटार जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे छ । ब्युराेले कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव नारायणगाेपाल मलेगाेलगायतलाई पक्राउ गर्न अदालतबाट आदेश पाएकाे हाे । पक्राउ पूर्जी जारी भएकाहरूलाई पक्राउ गर्न ब्युराे लागिरहेकाे ब्युरोका निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । यसभन्दा अगाडि जग्गा प्रकरणमा शाेभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी पक्राउ परिसकेका छन् । उनीहरू अहिले थुनामा छन् । अनुसन्धान आयाेगका पूर्वप्रमुख आयुक्त बस्न्यातसँगै उनका छाेरा कमल बस्नेत, ज्वाइँद्वय प्रज्जवल अधिकारी र मनाेज सुवेदीमाथि शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाे छ…
Read More
निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरेको हो । बिष्टविरुद्ध बिगो ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले…
Read More
जबरा–पत्नी रेजीका नाममा ‘१ अर्बभन्दा बढी सम्पत्ति’

जबरा–पत्नी रेजीका नाममा ‘१ अर्बभन्दा बढी सम्पत्ति’

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जन एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन दिएका छन् । बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले गत पुस ११ मा पनि विभागमा प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गर्दै छानबिन र कारबाहीको मागसहित उजुरी दिएका थिए । डा. केसीको पूरक निवेदनमा राणाका नाममा २०६५ असोज ४ मा काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा तीन कित्ता जग्गा खरिद गरेको भेटिएको उल्लेख छ । कित्ता नं. ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबी…
Read More
रातो ल्यान्डक्रुजरदेखि ६ रोपनी जग्गासम्म रोक्का: इच्छाराजको ‘इच्छा’ माथि अदालतले लगायो ब्रेक

रातो ल्यान्डक्रुजरदेखि ६ रोपनी जग्गासम्म रोक्का: इच्छाराजको ‘इच्छा’ माथि अदालतले लगायो ब्रेक

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ठगी तथा संगठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम गत बुधबार अदालतले घरजग्गा रोक्का गर्न आदेश दिएको हो। लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। श्रेष्ठ सिभिल सहकारीका अध्यक्ष हुन्। इच्छाराज, उनकी श्रीमती र आफन्तको नाममा अर्बौंको सम्पत्ति रहेको खुलेको छ। काठमाडौंको कीर्तिपुरमा मात्र उनी, श्रीमती सृजना शाक्य तामाङ तथा छोरीहरू प्रतीक्षा र प्रतिष्ठाका नाममा ३२ स्थानमा घरजग्गा रहेको छ। त्यस्तै, तामाङले सञ्चालन गरेको सिभिल होम्स, सिभिल…
Read More
किन प्रधानन्यायाधीश राणाले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश थिए ?

किन प्रधानन्यायाधीश राणाले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश थिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि गर्दै आएको ‘स्टिङ अप्रेशन’मा आफ्नै भाइभतिजा तथा नातेदारहरु फस्ने अवस्था आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको खुलेको छ। आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियारको स्टिङ अप्रेसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले गत बैशाखमा आदेश दिएको थियो। तर, उजुरी पर्दा प्रधानन्यायाधीश राणाकै भाइभतिजा नै फस्ने भएपछि उनले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनबिरुद्ध आदेश दिएको न्यायसेवाका कर्मचारीले नै भन्ने गरेका छन् । आफ्नै भाइ, भतिजाका घुस मोलमोलाई गरेका अडियो /भिडियो भएकाले प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएको स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको कानुन व्यबसायीहरुले…
Read More
आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंककी शाखा प्रमुख निलम्बित

आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंककी शाखा प्रमुख निलम्बित

चितवन : सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ । शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र…
Read More
दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Read More
पत्रकारिता तालिमका नाममा अनियमितता, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पत्रकारिता तालिमका नाममा अनियमितता, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारिता तथा युवा क्षमता विकास तालिमका नाममा अनियमितता गरेको अभियोगमा गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित तीन कर्मचारी र एक पत्रकारविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो । आयोगका अनुसार उनीहरुले वास्तविकभन्दा दुई लाख ६० हजार नौ सय बढी लिइ अनियमितता गरेका थिए।
Read More
रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी खत्री र वाग्ले कांग्रेस महाधिवेशनको प्रतिनिधि !

रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी खत्री र वाग्ले कांग्रेस महाधिवेशनको प्रतिनिधि !

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । यसअघि पार्टीले गाउँ-नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते गरिसकेको छ। यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुँदैछ। तर, कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनमा अनियमिता भएको पाइएको छ । अधिवेशनमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको कांग्रेस नेताहरुले नै बताउँदै आएका छन् । बास्तविक र रियल राजनीति गर्नेहरुलाई साइड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.