पत्रकारिता तालिमका नाममा अनियमितता, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारिता तथा युवा क्षमता विकास तालिमका नाममा अनियमितता गरेको अभियोगमा गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित तीन कर्मचारी र एक पत्रकारविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुले वास्तविकभन्दा दुई लाख ६० हजार नौ सय बढी लिइ अनियमितता गरेका थिए।

Facebook Comments