रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी खत्री र वाग्ले कांग्रेस महाधिवेशनको प्रतिनिधि !

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । यसअघि पार्टीले गाउँ-नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते गरिसकेको छ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुँदैछ। तर, कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनमा अनियमिता भएको पाइएको छ । अधिवेशनमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको कांग्रेस नेताहरुले नै बताउँदै आएका छन् ।

बास्तविक र रियल राजनीति गर्नेहरुलाई साइड लगाएर कांग्रेसले महाधिवेशनका लागि विभिन्न शंकाष्पद धन्दा गर्ने व्यक्तिहरुलाई स्थानीय तहमा उम्मेदवार बनाएपछि कांग्रेस भित्र पूँजीबाद हावी भएको देखिन्छ।

यस्तैमा कांग्रेसले काठमाडौँको ठमेलमा बसेर विदेशी पर्यटकहरुलाई उद्दारको नाममा लाखौं ठगी गर्नेहरुलाई समेत महाधिवेशनको प्रतिनिधि बनाएको छ । उनीहरु हुन् कांग्रेस नेता प्रेम कुमार खत्री र देवेन्द्र वाग्ले ।

खत्रीद्वारा सञ्चालित एस द हिमालय नामक ट्रेकिङ कम्पनी र वाग्लेद्वारा संचालित नेपाल भिजन ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लिले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई उद्दारको नाममा चरम रुपमा ठगी गरेको पुष्टि भएको थियो ।

यसअघि खत्रीको कम्पनीले गरेको ठगी प्रकरणबारे छानबिन गर्न तत्कालिन पर्यटन मन्त्रालयका उपसचिव घनश्याम उपाध्यायको नेतृत्वमा कार्यदल समेत गठन भएको थियो। उक्त कार्यदलले उनको कम्पनीलाई कारबाही गर्न सिफारिस समेत गरेको थियो। कार्यदलको सिफारिसको आधारमा खत्रीको कम्पनीलाई सिआइबीले समेत छानबिन गरेको थियो ।

त्यसैगरी वाग्लेले पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । भ्रष्टाचार ठहर भएपछि जेल सजाय भोगेर बाहिरिएका चिरञ्जिवी वाग्लेका छोरा समेत रहेका देवेन्द्रले गोरखाको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । उनको कम्पनीले पनि पर्यटकहरुमार्फत् उद्धारको नाममा लाखौं ठगी गरेको भन्दै कारबाही कारवाहीका लागि पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.