किन प्रधानन्यायाधीश राणाले अख्तियारको ‘स्टिङ अप्रेशन’लाई बन्द गराउन आदेश थिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि गर्दै आएको ‘स्टिङ अप्रेशन’मा आफ्नै भाइभतिजा तथा नातेदारहरु फस्ने अवस्था आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको खुलेको छ।

आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियारको स्टिङ अप्रेसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले गत बैशाखमा आदेश दिएको थियो। तर, उजुरी पर्दा प्रधानन्यायाधीश राणाकै भाइभतिजा नै फस्ने भएपछि उनले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनबिरुद्ध आदेश दिएको न्यायसेवाका कर्मचारीले नै भन्ने गरेका छन् ।

आफ्नै भाइ, भतिजाका घुस मोलमोलाई गरेका अडियो /भिडियो भएकाले प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएको स्टिङ अप्रेसन गर्न नपाउने आदेश दिएको कानुन व्यबसायीहरुले नै वताउने गरेका छन्। बरिष्ठ अधिवक्ता शम्भु थापाले त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका नातेदारहरुले घुसमा बार्गेनिङ गरेको अडियो तथा भिडियोहरु नै आफुहरुसँग सुरक्षित रहेको नेपाल बार एशोसिएसनको कार्यक्रममा दाबी गरेका थिए।

प्रधानन्यायाधीश राणाले सिंगो न्यायपालिकाको गरिमा नै समाप्त पारेको भन्दै यतिखेर सर्वोच्चकै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा माग गरिरहेका छन्। नेपाल बार एशोसिएसनका अध्यक्ष र केही बरिष्ठ अधिवक्ताले त राणालाई बिचौलियाको नाइके भन्दै भाई प्रभुशमशेरमार्फत बिदेशमा अकुत सम्पत्ति थोपरेको सार्वजनिक रुपमै आरोप लगाएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.