बाग्मती प्रदेश

बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्के

बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्के

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो । तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । ती युवती १५ दिनमा घर फर्किएकी हुन् । यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषलाई जेठ १२ गते कोभिड–१९ पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखी उपचार गरिएकामा दुई पटकसम्मको परीक्षणमा रिपोर्ट…
Read More
कोरोना सङ्क्रमितका कारण जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकियो

कोरोना सङ्क्रमितका कारण जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकियो

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो । वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ । गत आर्थिक वर्षमै…
Read More
दाेलखाका दुई युवा नदीले बगाउँदा बेपत्ता

दाेलखाका दुई युवा नदीले बगाउँदा बेपत्ता

दाेलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार तामाकोशी नदीमा माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकाे प्रहरीले जनाएको छ । त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
नेपाली सेनाका सुरक्षाकर्मीलाइ पनि काेराेना संक्रमण

नेपाली सेनाका सुरक्षाकर्मीलाइ पनि काेराेना संक्रमण

काठमाडाैँ । पछिल्लाे समय तराइ क्षेत्रमा काेराेना संक्रमितकाे संख्या दिनदिनै बढ्न थालेपछि त्यसकाे चपेटामा सुरक्षकर्मीहरू पनि पर्न थालेका छन्। साेही क्रमामा शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्। साेही क्रमामा जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई पनि कोरोना भाइरसको संक्रमणकाे पुष्टि भएकाे बाराका एसपी कृष्ण पंगेनीले बताए। यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने कपिलवस्तुमा नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र…
Read More
धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युको विषयमा थप अध्ययन हुँदै : स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युको विषयमा थप अध्ययन हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ। अस्पतालमा उपचारका लागि ल्याइएकी सुत्केरीको शुक्रबार राती मृत्यु भएको थियो। श्वासप्रस्वासमा समस्या आएकी उनको मृत्यु कोरोनाका कारण भएको भन्दै हल्ला चलेको थियो। तर मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा देवकोटाले सुत्केरीको मृत्युका विषयमा मन्त्रालयले आवश्यक परीक्षण गरिरहेको जानकारी दिएका हुन्। उनका अनुसार धुलिखेल अस्पतालमा मृत्यु भएकी ती सुत्केरीले गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा बच्चालाई जन्म…
Read More
गृहमन्त्रीकाे कालापानी भ्रमण किन भयाे स्थगित?

गृहमन्त्रीकाे कालापानी भ्रमण किन भयाे स्थगित?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा पर्ने कालापानी तथा लिपुलेकको भ्रमण स्थगित गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकका कारण अन्तिम समयमा गृहमन्त्री थापाले भ्रमण स्थगित गरेका हुन् । आज बिहान ११ बजे बस्ने स्थायी कमिटिका कारण अन्तिम समयमा मन्त्री थापाले कालापानी भ्रमण स्थगित गरेका गृहमन्त्रालय स्रोतले जनाएको छ । उनले आफ्नो सट्टामा गृहमन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई कालापानी भ्रमणमा पठाएका छन् । भ्रमण टोलीमा रेडियो नेपाल, नेपाल टेलिभिजनका केही पत्रकार पनि छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.