राजनीति

रूखमा भोट हाल्न जसपा नेता यादवको आव्हान

रूखमा भोट हाल्न जसपा नेता यादवको आव्हान

काठमाडौं । चुनावको मुखमा जनता समाजवादी पार्टी नेपालका नेताहरूका धमाधम पार्टी नीति विपरीत काम गर्न थालेका छ्न। जसपा रौतहटको जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाको अर्का प्रभावशाली नेता अनिल यादव खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छ्न । अनिल यादव जसपा नेपालबाट गरूडा नगरपालिकाको मेयर प्रत्याशी थिए। उनै यादवले रौतहट ३९ख० का लागि नेपाली काग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरेका छ्न। जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने अनिल यादवले त्यसो गर्नुका कारण जसपाभित्रको चरम जातिवाद रहेको देखिन्छ। एमालेसङ्ग गठबन्धन गरेपनि जसपाका यादव नेताहरूले काग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट…
Read More
निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै

निर्वाचनको पुर्वसन्ध्यामा कम्युनिस्टलाई मिलाउन चीनियाँ मन्त्री नेपाल आउदै

काठमाडाैं ।  मंसिर ४ गतेको निर्वाचन हुने नदिने षडयन्त्र गरिरहेको आरोप खेपेको चीनका सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउन लागेका छन् । भूकम्पपछि चीनको सहयोगमा पुनःनिर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेको वताईए पनि उनको भ्रमणलाई शंकास्पद रुपमा हेरिएको छ । उपमन्त्री ली छ्युन शुक्रवार नेपाल आउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको स्वकीय सचिवालयले पुष्टि गरेको छ। सचिवालयले चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्न ली छ्युन नेपाल आउन लागेको जनाएको छ। तर, निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। देश पुर्ण रुपमा चुनावमा केन्द्रित भएका वेला पुनर्निमाणको उदेश्य लिएर छिमेकी राष्ट्रको मन्त्री भ्रमणमा आउनुलाई सामान्य रुपमा…
Read More
ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

काठमाडौं ।  मंसिर ४ गतेको आम निर्वाचन अघि नेकपा एमालेलाई ललितपुर क्षेत्र नम्बर १ मा ठूलो धक्का लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदशसभा ९क० का उम्मेदवार मधुसुदन पौडेलको वसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई चुनावकै मुखमा संकट परेको हो । २०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु विर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका…
Read More
चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

काठमाडौं । काठमाडौं पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि तीव्र ढंगले बढिरहेको छ । नेपालले लिने नीति र पक्षमा चीनले चासोसमेत दिँदै आएको छ । त्यति मात्र होइन, नेपालमा हरेक महिना उच्चस्तरको चिनियाँ प्रतिनिधिमण्डल भ्रमणमा आइरहन्छन् । त्यसैले अहिले चीनले नेपालमा किन यति धेरै चासो राखिरहेको छ भन्नेतर्फ सबैको ध्यान गएको छ । कतिसम्म कोभिड महामारीको बेला विभिन्न देशमा हवाई उडान बन्द गरेको र विदेशी पाहुनालाई आफ्नो देशमा आमन्त्रण नगर्ने चीनले नेपालमा भने आफ्ना दूतहरू पठाइरह्यो । चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन सकिएको दुई साताभित्रै नेपालमा उच्चस्तरका नेता आउन लागेका छन् । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन शुक्रबार नेपाल…
Read More
किरणले मतदातालाई भने पुर्ण बहादुरलाई भोट हालौ

किरणले मतदातालाई भने पुर्ण बहादुरलाई भोट हालौ

काठमाडाैं ।  युवा नेता रवि किरण हमालले सुर्खेत प्रतिनिधिसभा सदस्य उम्मेदवार पुर्ण बहादुर खड्कालाई भोट हाल्न अनुरोध गरेका छन् ।सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न वडा र टोलमा गएर किरणले काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्कालाई भोट मागिरहेका छन् , सिम्ता किरणको जन्मस्थल हो । उनले मतदाता सङ खड्काको पक्षमा भोट माग्दै भनेका छन् युवाहरूको भविष्यको कुरा छ , सुर्खेतको बिकासको कुरा छ ,पुर्ण बहादुर जस्तो इमानदार र अब्बल नेतालाई भोट हालौ। पछिल्लो दुई हप्ता देखि युवा नेता किरण सुर्खेत (१ का विभिन्न ठाँउमा पुगेर पुर्ण बहादुर खड्काको लागि मत मागिरहेका छन् । उनले प्रतिनिधिसभामा पुर्ण बहादुर खड्का र प्रदेशसभामा खड्ग पोखरेललाई भोट…
Read More
गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस्  : महान्त्री शर्मा

गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महान्त्री शर्मा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा क्रममा आज उहाँले मुलुक र जनताको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्नुभएको हो । “संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो, “गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।” उहाँले यस क्षेत्रको सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रका काम गरेको उल्लेख गर्दै भन्नुभयो, “स्थानीय समस्याका…
Read More
मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न नेता सिटौलाको आग्रह

मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न नेता सिटौलाको आग्रह

काठमाडाैं ।  बनियानी (नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताउनुभयो । आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३(७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताउनुभयो । काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
Read More
मधेशको हितका लागि संघर्ष गर्ने क्रममा २३ पटकसम्म जेल बसालियो : स्वतन्त्र उम्मेदवार शेष

मधेशको हितका लागि संघर्ष गर्ने क्रममा २३ पटकसम्म जेल बसालियो : स्वतन्त्र उम्मेदवार शेष

काठमाडाैं । बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन । उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटक सम्म हिरासतमा बसेको बताएका हुन । उनले भने, ‘अहिले सम्म नेपाल सरकारले दिएका नाजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका लागि झेलिसकेको छु ।’ उनले किसानका लागि मल खाद्य, बिउ विजनको लागि लड्ने क्रममा खुट्टा भाचिएको, रंगभेद खिलाप संघर्ष क्रममा कानको जाली फुटालिएको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले, ‘भर्खरै मात्र विपक्षी पार्टीका कार्यकर्ताहरु मिलेर म माथि आक्रमण गर्दै…
Read More
गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : प्रदीप पौडेल

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : प्रदीप पौडेल

काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् । “गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उहाँको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ”, उनले भने । उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने…
Read More
प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा.बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.