काठमाडाैं । युवा नेता रवि किरण हमालले सुर्खेत प्रतिनिधिसभा सदस्य उम्मेदवार पुर्ण बहादुर खड्कालाई भोट हाल्न अनुरोध गरेका छन् ।सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न वडा र टोलमा गएर किरणले काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्कालाई भोट मागिरहेका छन् , सिम्ता किरणको जन्मस्थल हो ।
उनले मतदाता सङ खड्काको पक्षमा भोट माग्दै भनेका छन् युवाहरूको भविष्यको कुरा छ , सुर्खेतको बिकासको कुरा छ ,पुर्ण बहादुर जस्तो इमानदार र अब्बल नेतालाई भोट हालौ। पछिल्लो दुई हप्ता देखि युवा नेता किरण सुर्खेत (१ का विभिन्न ठाँउमा पुगेर पुर्ण बहादुर खड्काको लागि मत मागिरहेका छन् ।
उनले प्रतिनिधिसभामा पुर्ण बहादुर खड्का र प्रदेशसभामा खड्ग पोखरेललाई भोट दिन सबैसँग अनुरोध गरिरहेका छन् ।नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्का र एमाले उम्मेदवार ध्रुब कुमार शाही बिच चुनावी प्रतिस्पर्धा छ ।