गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : प्रदीप पौडेल

काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन् ।

“गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उहाँको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ”, उनले भने । उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावि पुस्तालाई बुझाउनुपर्ने बताए ।नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.