अरनिको राजमार्ग

अरनिको राजमार्गमा राखिएको बम डिस्पोज गरियो

अरनिको राजमार्गमा राखिएको बम डिस्पोज गरियो

काभ्रे । बनेपा–६ बुडोलस्थित अरनिको राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि केहीबेर अवरुद्ध यातायात सुरु भएको छ । यसैगरी बीपी राजमार्ग पर्ने रोशी–९ नार्केमा पनि सिलिन्डर विस्फोट गराइएको छ । टायर बालेर सिलिन्डर राखी पड्काइएको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले शनिबार आह्वान गरेको नेपाल बन्दको दिनमा सोही समूहको संलग्नता भएको प्रहरीको अनुमान छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला लगायतका नेता कार्यकर्ता पक्राउको विरोधमा बन्द गर्ने घोषणा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.