सुदूरपश्चिम प्रदेश

कसरी बढ्याे ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण जाेखिम ?

कसरी बढ्याे ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण जाेखिम ?

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको…
Read More
सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

घाेडाघाेडी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडिटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ । निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ, सामाजिक…
Read More
नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

डाेटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए । उनले भने, “क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई…
Read More
डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डाेटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ । अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए । उनले भने, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।” सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि…
Read More
सुदुरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १३४ पुगेको छ । सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप १० जना कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् । त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका…
Read More
कर्मचारीले आत्महत्या गरेको अछाम घटनाको छानबिन गर्न माग

कर्मचारीले आत्महत्या गरेको अछाम घटनाको छानबिन गर्न माग

सुदूरपश्चिम प्रदेशसभा सदस्यले अछाम बयलपाटा अस्पतालका एक कर्मचारीले गरेको आत्महत्या घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले कोरोना भाइरसको सङ्कटको समयमा सबै क्षेत्र अस्तव्यस्त भइरहँदा बयलपाटा अस्पतालमा नोकरीबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए। उनीहरुले अस्पतालबाट निकालिएका सबै कर्मचारीलाई पुनरबहालीको पहल गर्न माग गरे । अस्पतालबाट अवकाश दिइएका कर्मचारी आउजीले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकामा नेपालगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको जनाइएको छ । प्रदेशसभा सदस्यले कोभिड—१९ को सङ्क्रमण डरलाग्दो ढङ्गले फैलिँदासम्म…
Read More
दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार

दुई सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २ जना सुत्केरी महिलाको उद्दार गरेको छ । सामाजिक विकास मन्त्रालयलको पहलमा सोमबार उनीहरुको उद्दार गरिएको हो । मन्त्रालयका अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षिया निर्मला खडका र कञ्चनपुर पुनर्वास नगरपालिकाकी २९ वर्षिय लजिमा तामाङको हेलिकोप्टरबाट उद्दार गरी नेपालगञ्ज अस्पताल ल्याइएको हो । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी वयलपाटा अस्पतालमा उपचार गराइरहेकी खड्काको आन्द्रा वेरिएको र तामाङको जटिल अवस्था रहेको जानकारी दिए । दुवै महिलाहरुलाई सिम्रिक एयरको हेलिकोप्टरवाट उद्दार गरि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
Read More
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो । सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।
Read More
कालापानीबाट भारतीय सेना फिर्ता गराउनु पर्छ : प्रदेश सरकार

कालापानीबाट भारतीय सेना फिर्ता गराउनु पर्छ : प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउन आवश्यक पहल गर्न सङ्घीय सरकारलाई आग्रह गरेको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले लामो समयको अन्तरालपछि नेपालको अखण्ड भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने ऐतिहासिक र देशभक्तिपूर्ण कार्यका लागि सङ्घीय सरकारलाई हार्दिक धन्यवाद दिए। उन्ले त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति हुने गरी सीमा प्रहरी र प्रशासन कार्यालयका साथै थप बिओपी कार्यालय स्थापनासहित ब्यास गाउँपालिकावासीलाई विकासको मूलधारमा ल्याउनका लागि तत्काल पहल गर्न आग्रह गरे। प्रवक्ता…
Read More
पारि फसेका दार्चुलाबासीलाई नेपाल भारत मैत्री संस्थाको सहयाेग

पारि फसेका दार्चुलाबासीलाई नेपाल भारत मैत्री संस्थाको सहयाेग

काटमाडाैँ। दार्चुला जिल्लाको नौगाड गाउँपालिका पारि फसेका नेपाली नागरिकलाई भारतका नेपाली आप्रवासीहरूले आर्थिक सहयाेग गरेका छन्। भारतका नेपाली आप्रवासीहरूले दार्चुला स्थित रमेश भट्ट, उमेश केसीलाई नेपाल भारत मैत्री संघ मार्फत राहत प्रबन्ध गर्नकाे ब्यवस्था मिलाएकाेमा आभार व्यक्त गरेका छन्। भारतका नेपाली आप्रवासीहरूले २० हजार भारू रूपैयाँ सहयाेग गरेका छन्। लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेकाे बेला भारतका नेपाली आप्रवासीहरूले सहयाेग गरेर ठुलाे भाेकमरीबाट बचाएकाे नौगाड गाउँपालिकाका स्थानीयहरू बताउछन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.