सुदूरपश्चिम प्रदेश

सुदूरपश्‍चिममा जोखिम उच्च, तयारी कमजोर

सुदूरपश्‍चिममा जोखिम उच्च, तयारी कमजोर

काठमाडौँ, धनगढी — सुरुआती चरणमै कोरोनाका पाँच संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशले वैशाख लागेयता थप संक्रमण झेल्नुपरेको छैन । पाँचै जना निको भएर घर फर्किसके । तर पनि संक्रमण तीव्र रहेको भारतबाट स्वदेश भित्रिन थुप्रै नेपाली दशगजामा तमतयार बसेकाले यहाँ उच्च जोखिम कायमै छ । भारतको उत्तराखण्डका ४ र उत्तरप्रदेशको एउटा जिल्लाको सिमाना सुदूरपश्चिमसँग जोडिन्छ । प्रदेश ५ र २ मा संक्रमितको ग्राफ उकालो लागिरहँदा सुदूरपश्चिमसँग अहिले परीक्षण बढाउने र अन्य आवश्यक तयारीको मौका रहे पनि सीमाक्षेत्रमा थुप्रिएर बसेकालाई व्यवस्थापन गर्न सहज छैन । बिहीबारसम्म यहाँका ८ हजार ९ सय ८५ क्वारेन्टाइन बेडमा २ हजार ८ सय ४८ जना छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.