प्रदेश-५

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेको छ । गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
Read More
काेराेनाले जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि घर फर्के

काेराेनाले जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि घर फर्के

बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् । जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ…
Read More
युट्युबबाट आर्थिक सङ्कलन शुरु

युट्युबबाट आर्थिक सङ्कलन शुरु

गुल्मी । गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ । मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उनी विगत दुई वर्षदेखि मानसिक रोगी छन। रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सक्नुभएको छैन । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उहाँलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ । युट्युब सञ्चालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ । यसरी भिडियो राखेको ६ दिनमै उनलाई रु ५० हजार सहयोग…
Read More
क्वारेन्टाइनबाट महिला फरार

क्वारेन्टाइनबाट महिला फरार

तुलसीपुर । क्वारेन्टाइनमा रहेकी एक महिला भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाइनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यका लागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । यसअघि पनि क्वारेन्टाइनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाइनमा श्रीमान र श्रीमति बस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।
Read More
रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ । हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको…
Read More
बाबुले गरे छोराको हत्या

बाबुले गरे छोराको हत्या

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ । अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन…
Read More
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण ६५ प्रतिशत पुरा

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण ६५ प्रतिशत पुरा

रूपन्देही । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५– ६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ । भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन…
Read More
रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ । अनुसन्धान टोलीको नेतृत्व गर्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए । अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने…
Read More
रुपन्देही सामूहिक हत्याका पाँचै जनाकाे सनाखत

रुपन्देही सामूहिक हत्याका पाँचै जनाकाे सनाखत

काठमाडौं । रुपन्देहीको सामूहिक हत्यामा ज्यान गुमाउने सबैकाे सनाखत भएको छ । जिल्लाकाे तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।
Read More
रुपन्देहीमा ५ जनाको हत्या

रुपन्देहीमा ५ जनाको हत्या

काठमाडाैं । रुपन्देहीमा ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा पाँच जनाको धारिलाे हतियार प्रयाेग गरि हत्या भएको प्रहरीले जनाएकाे छ । कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनापछि फार्ममा काम गर्ने एक जना फरार छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.