आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी
बुटवल । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. शाक्यले जानकारी दिए । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको डा. शाक्यले बताए ।
