प्रदेश-५

चिन्तनमा रुपान्तरण जरुरी छः सामाजिक विकासमन्त्री बराल

चिन्तनमा रुपान्तरण जरुरी छः सामाजिक विकासमन्त्री बराल

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका साथ चिन्तनमा पनि रुपान्तरण जरुरी रहेको बताए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री बरालले कोभिड–१९ को संक्रमणका कारण देश बन्दाबन्दीको विषम परिस्थितिमा गुज्रिएका अवस्थामा सबै जाति एवं समुदायको संयुक्त प्रयासबाटै कोरोनामाथि जीत सम्भव रहेको जनाए। रासस
Read More
१ स्वास्थ्यकर्मीसहित ४ जना काेराेनालाई जितेर घर फर्किए

१ स्वास्थ्यकर्मीसहित ४ जना काेराेनालाई जितेर घर फर्किए

रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ । कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा.सुदर्शन थापाले जानकारी दिए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा.थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९…
Read More
कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु । कपिलवस्तुमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार नयाँ संक्रमितहरु बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, महाराजगंन्ज नगरपालिका र बाणगंगा नगरपालिकाका छन। वाणगंगा नगरपालिकामा भेटिएका २ नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन। उनीहरु यसअघि संक्रमण पुष्टि भएका पत्रकारका आफन्त भएको थापाले बताए। त्यसबाहेक बाँकी सबै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालयका अनुसार बुद्धभुमी नगरपालिकाका थप १० जनामा संक्रमण भेटिएको हो। उनीहरु १९ देखि ४६ वर्षका हुन। यस्तै शिवराज नगरपालिकाका २६ जना, महाराजगन्ज नगरपालिकाका २ जना र बाणगंगा नगरपालिकाका २ जनामा…
Read More
प्रदेशसभा बैठक स्थगित

प्रदेशसभा बैठक स्थगित

रूपन्देही । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी गराएका छन् । आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस
Read More
सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव र मेलमिलाप हुन्छ : मुख्यमन्त्री पोेखरेल

सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव र मेलमिलाप हुन्छ : मुख्यमन्त्री पोेखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) का अवसरमा आज दिएकाे शुभकामना सन्देशमा इद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको बताउँदै संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरे । उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.