प्रदेशसभा बैठक स्थगित

रूपन्देही । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी गराएका छन् ।

आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.