निषेधाज्ञा

कपिलवस्तुमा भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरिने

कपिलवस्तुमा भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरिने

ताैलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समुदायस्तरमा कोरोना देखिएपछि जारी गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ । बिभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित बढेपछि जारी निषेधाज्ञाको समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । समुदायस्तरमा कोरोना देखिएपछि जिल्लामा साउन २७ गतेबाट आज ३२ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञाको समयअवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जनाएको छ । आज राति १२ बजेबाट लागुहुने गरी भदौ ७ गते १२ बजेसम्म निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। कपिलवस्तुमा अझै पनि कोरोनाको जोखिम उच्च भएको विश्लेष गर्दै निषेधाज्ञाको समय थपिएको पौडेलको भनाई छ । निषेधाज्ञाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.