फेसबुकबाट लाइभ भिडियो सेयर गरेर अभिनेत्री जयश्रीले गरिन् आत्महत्या
एजेन्सी । बिग बस कन्नडको तेस्रो श्रृङ्खलाकी सहभागी नायिका जयश्री रमैयाले आत्महत्या गरेकी छन् सोमबार, २५ जनवरीमा जयश्रीलाई बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत पाइयो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । उक्त आश्रममा उनको उपचार चलिरहेको पनि बताइएको छ । भारतीय मिडियामा प्रकाशित समाचारअनुसार जयश्री रमैया केही वर्षदेखि डिप्रेशनको शिकार थिइन् र सोसल मिडियामा उनले यो संसार छोड्न चाहेको इशारा पनि गरेकी थिइन् । सन् २०२० मा आत्महत्याबारे कुरा गरेकी थिइन्ः जुलाई २०२० मा जयश्रीले आफ्नो फेसबुक पेजबाट लाइभ भिडियो सेयर गरेकी थिइन् । यद्यपि, पछि उनलाई बिग बस…