भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।

‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्,’ शुभकामना सन्देशमा सभापति देउवाले उल्लेख गरेका छन् ।

आज अगस्ट १५ मा भातमा स्वतन्त्रता दिवस मनाइँदैछ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् ।