५ जना सवार ताइवानी डुंगा चीनले गर्‍यो कब्जा

एजेन्सी । पाँच चालक दलका सदस्यसहित एउटा ताइवानी डुंगा नियन्त्रणमा लिएको चीनले बताएको छ। मंगलबार राति आफ्नो जलक्षेत्रमा माछा मार्न पसेको डुंगा समातिएको चीनको भनाइ छ।

ताइवानले डुंगा र मानिस मुक्त गर्न चीनसँग आग्रह गरेको छ। समातिएकामा दुई ताइवानी र तीन इन्डोनेसियाली छन्।

उनीहरूलाई दक्षिणपूर्वी वेइताउ बन्दरगाहमा राखिएको बताइएको छ।

ताइवानले उनीहरू चीनकै जलक्षेत्रमा पक्राउ परेको पुष्टि गरेको छ। किनाराबाट करिब ५ किलोमिटर दायरामा उनीहरू पुगेका थिए।

चीनले बर्खाको समयमा माछा मार्न प्रतिबन्ध लगाएको बेला उनीहरूले माछा मारेका थिए।

मंगलबार राति ८ बजेतिर ताइवानी अधिकारीहरूले डुंगा चिनियाँ तटरक्षकको कब्जामा परेको खबर थाहा पाएका थिए। लगत्तै त्यसलाई मुक्त गर्न तीनवटा ताइवानी जहाज खटाइएको थियो। जसका कारण केही क्षण तनावको स्थिति उत्पन्न भएको थियो।

चारवटा थप चिनियाँ जहाज आउँदै गरेको थाहा पाएपछि सो डुंगालाई आफूहरूले पिछा नगरेको ताइवानी तटरक्षकले बताएका छन्।

२००३ यता चीनले १७ ताइवानी डुंगा नियन्त्तणमा लिइसकेको छ। ताइवानले पनि त्यस्ता ५ वटा चिनियाँ डुंगा समातेको छ। एजेन्सी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.