कङ्गोमा आक्रमणपछि चार चिनियाँ नागरिकको मृत्यु भएको आशङ्का

एजेन्सी । चीनले बिहीबार डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो डीआरसीमा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ।

स्थानीय स्रोतले बुधबार सुनको धनी इटुरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकूको आक्रमणमा कम्तिमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ।

बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ।

चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताए।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदूरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन्।

केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकू समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ।

कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटुरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले जनाए। चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उनले बताए।

अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.