कैलालीबाट मन्त्रीका छोरा पक्राउ

काठमाडौं । कैलाली प्रहरीले हाइ प्रोफाइल भएका एक प्रदेश मन्त्रीका छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी रहेका छन्। उनी सवारी ज्यान मुद्दामा फरार रहँदै आएपछि विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय बबी सोडारीलाई आइतबार पक्राउ गरिएको जानकारी दिए।

गत २ पुसमा कैलालीको टीकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा ११ पुसमा मृत्यु भएको थियो। न्यौपानेको मृत्यु भएपछि बबी सोडारी भने सम्पर्कविहीन भएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.