३३ किलो सुन प्रकरण : विमानस्थलबाट ‘गोरे’का भाइ पक्राउ

काठमाडाैँ – ३३ किलो सुन प्रकरणका मुख्य आराेपी चुडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–७ का ‘गोरे’का भाइ रमेश उप्रेती पक्राउ परेका हुन् । मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका रमेशलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हाे।

दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेशलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले पुष्टि गरे ।

उनका अुनसार रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।

२०७४ माघमा साेही विमानस्थल भएर नेपाल भित्रिएकाे ३३ किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेका थिए । घटनाबारे सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएर गृह मन्त्रालयले छानविन गरेको थियो ।

छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत माेरङबाट सो मुद्दा फैसला भैसकेको छ । तर उक्त मुद्दाका मुख्य आराेपी गोरे अहिले कारागारमा छन्। उक्त सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.