आफ्नै घरबेटीलाई बेहोस बनाएर लुटपाट

कैलाली । धनगढीमा भाडामा बस्दै आएका दुई जनाले आफ्नै घरबेटीलाई लुटेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा बस्दै आएका प्रशुराम बाँनियाको घरमा लुटपाट भएको हो ।

गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका २ भारतीयले लुटपाट गरी फरार भएको बाँनियाले जानकारी दिए । आइतबार राति आफूहरुलाई लड्डु खुवाएर बेहोस बनाएको र होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको पत्तो पाएको उनले बताए ।

घरका सबै सदस्यले मिठाईं खाएकाले चोरीबारे कसैले जानकारी नपाएको उनको भनाई छ। अहिले बेहोस भएका दम्पतीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे जानकारी आएपछि अनुसन्धान थालेको जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.