चीनमा भेटियो अर्को महामारी ल्याउन सक्ने फ्लु!

एजेन्सी। चीनमा फेरि एउटा नयाँ भाइरस फेला परेको छ । वैज्ञानीकहरुले उक्त भाइरस मानवजाति मा पसे माहामारीको रुप लिनसक्ने चेतावनी समेत दिएका छन् । सुँगुरमा पाइएको फ्लू गराउने नयाँ किसिमकाे भाइरस मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।

अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।

यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ। संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।

चीनमा सुँगुरकाे मासु फेक्ट्रि एवं स्वाइन कम्पनीमा काम गर्नेहरूमा याे भाइरसकाे संक्रमण भइसकेकाे हुन सक्ने अनुमान गरिएकाे छ । विश्व काेराेना भाइरसकाे माहामारीसँग जुधिरहेका बेला याे भाइरसले फेरि माहामारी निमत्याउनसक्ने ठानिएकाे छ । याे भाइरसविरूद्धकाे खाेप पनि छैन् । याे भाइरस इन्फ्लुएन्जा नै गराउने तर खराब रूपमा परिवर्तन भएकाे भाइरसकाे प्रजाती रहेकाे बीबीसीमा उल्लेख गरिएकाे छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.