एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको जलविद्युत आयोजनामा आत्मघाती हमला भएको दुई दिनपछि बिहीबारदेखि चिनियाँ कम्पनीले उक्त क्षेत्रमा काम रोकेको छ । मंगलबार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिकको मृत्यु भएपछि चिनियाँ कम्पनीले उक्त क्षेत्रमा काम रोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार एक चिनियाँ कम्पनीले पाकिस्तानको यो समस्याग्रस्त क्षेत्रमा रहेको अर्को जलविद्युत आयोजनाको पनि सिभिल काम रोकेको छ । यसपछि त्यहाँ कार्यरत हजाराैँ पाकिस्तानी नागरिकलाई जागिरबाट निकालिएको छ ।
मंगलबार दासु जलविद्युत आयोजनामा विस्फोटक पदार्थले भरिएको बसमा ठोक्किएर पाँच चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु भएको थियो । सन् २०२१ यता चीनको सहयोगमा जलविद्युत आयोजनामा काम गर्ने मानिसहरूमाथि भएको यो दोस्रो ठूलो आत्मघाती हमला हो।
हालसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन। आतंकवादी हमलामा चिनियाँ नागरिकको ज्यान गएपछि चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना (पिसीसी)ले केपी प्रदेशमा रहेको पाँचौँ विस्तारित जलविद्युत आयोजनाको काम समेत रोकेको छ । पाकिस्तानी अखबार डनले स्रोतलाई उद्धृत गर्दै भन्याे, ‘यस हमलापछि २ हजार भन्दा बढीलाई कामबाट निकालिएको छ।’
सुरक्षा चिन्ताका कारण चिनियाँ कम्पनीहरूले पाकिस्तानमा विभिन्न आयाेजनाहरूकाे काम राेकिरहेका छन्। चिनियाँ नागरिकमाथि पहिलो पटक यस्तो ठूलो हमला १४ जुलाई २०२१ मा कोहिस्तानको दासु बाँधबाट केही किलोमिटर टाढा भएको थियो। जसमा नौ चिनियाँ इन्जिनियर र चार पाकिस्तानी कर्मचारी मारिएका थिए ।
मंगलबारको घटनापछि बेइजिङले इस्लामावादलाई अपराधीहरूको खोजीलाई तिब्रता दिन र देशमा कार्यरत चिनियाँ कर्मचारीको सुरक्षा गर्न दबाब दिएको थियो। यसपछि बुधबार पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आक्रमणको संयुक्त अनुसन्धानको आदेश दिएका थिए । ६० अर्ब अमेरिकी डलरको चीन-पाकिस्तान इकोनोमिक करिडोर परियोजनामा हजारौं चिनियाँ कामदारहरू पाकिस्तानमा विभिन्न परियोजनाहरूमा काम गरिरहेका छन्।
HUGE ???? Chinese firm fires 2,000 Pakistani employees & shuts shop in Pakistan after 5 Chinese were kiIIed in terror att@ck by a Pakistani.
China is also shocked because no organization has taken responsibility & Pak is clueless about UNKNOWN MEN.
Chinese firms are now halting… pic.twitter.com/DSMvfY1Szk
— Times Algebra (@TimesAlgebraIND) March 29, 2024