सुस्त अर्थतन्त्रलाई बढावा दिन चीनलाई आइएमएफको आग्रह

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् ।

‘उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ,’ बेइजिङमा आइतबार आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भनिन्।

बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिइन्।

जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका उद्यमहरूबीच समान अवसर सुनिश्चित गर्न चीनलाई आग्रह गरिन् ।

प्रधानमन्त्री ली छियाङले आइतबारको फोरममा विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने बताए ।

चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर वर्षौँदेखि तल झर्दै आएको छ । बेइजिङले यस महिनादेखि करिब पाँच प्रतिशतको वार्षिक लक्ष्य राखेको छ । यो देशलाई छिटो समृद्धितर्फ लैजानका लागि आवश्यक वृद्धि दरभन्दा उल्लेखनीयरूपमा कम हो । रासस

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.