चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् ।

बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् ।

जहाज पुलमा ठोक्किँदा पुलको एक भागसमेत भत्किएको छ । जहाजले सामान भने बोकेको छैन ।

जिल्ला अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजका कप्तानलाई हिरासतमा लिइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

ग्वान्झाउ पर्ल नदीको डेल्टामा अवस्थित छ र मुख्य भूमि चीनको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो।

यो घटना भएको जिल्ला नान्शा दक्षिणी चीनको सबैभन्दा छिटो बढिरहेको बन्दरगाह हो । सन् २००४ मा खोलिएदेखि हरेक वर्ष कार्गोको मात्रा बढ्दै गएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.