माल्दिभ्समा बसेर भारतको जासुसी गर्ने चीनकाे तयारी

एजेन्सी । पछिल्लाे समय चीनसँग नजिक भएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले चिनियाँ जासुसी जहाजलाई आफ्नो देशमा बस्न अनुमति दिएका छन् ।

श्रीलंकाले अस्वीकार गरेपछि माल्दिभ्सले जहाजलाई बस्न अनुमति दिएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनको जहाज जियाङ याङ होङ ०३ माल्दिभ्स जाँदैछ ।

सो जहाज फेब्रुअरीमा माल्दिभ्सको राजधानी मालेमा बस्ने समाचारमा उल्लेख छ । यो चिनियाँ जहाज उन्नत सर्वेक्षण र निगरानी उपकरणहरूले सुसज्जित सुरक्षा स्राेतकाे भनाइ छ । यसले माल्दिभ्सबाट भारतको दक्षिणी भागमा जासुसी गर्न सक्ने आकलन सुरक्षा स्राेतकाे छ ।

साेही क्रममा हिन्द महासागरमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति अमेरिकाले पनि चिन्ता व्यक्त गरेको छ । चिनियाँ जासुसी जहाजलाई माल्दिभ्समा रोकिन दिनु घातक सावित हुने अमेरिकाकाे भनाइ छ ।

माल्दिभ्सका राष्ट्रपति चीनसँग नजिक छन् । भारतबाट सुरु हुने माल्दिभ्सका राष्ट्रपतिको भ्रमणको विगतलाई उल्टाउदै उनी चीन पुगेका थिए । हालैको चीन भ्रमणका क्रममा उनले धेरै सम्झौता गरेका छन् जसलाई गोप्य राखिएको छ । माल्दिभ्सका विपक्षी दलहरूले यी सम्झौताहरूले माल्दिभ्समा चिनियाँ सेनाको उपस्थिति बढाउन सक्ने आरोप लगाएका छन्।

चिनियाँ जासूस जहाजहरूले वैज्ञानिक प्रयोगको आडमा हिन्द महासागरको क्षेत्रको विशाल भागको सर्वेक्षण गरिरहेका छन्। यी जहाजहरूबाट सङ्कलन गरिएको डाटा मलाक्का स्ट्रेट र पूर्वी हिन्द महासागरको उथले पानीमा नेभिगेट गर्न खोज्ने चिनियाँ पनडुब्बीहरूको लागि अमूल्य हुने बताइएकाे छ ।

यसले भारतलाई निकै समस्यामा पार्न सक्छ । विज्ञहरूका अनुसार चीनका सर्वेक्षण जहाजहरूले समुद्रीतटको नक्साङ्कन, समुद्रमुनिको वातावरणको रूपरेखा बुझ्न हाइड्रोलोजिकल डाटा रेकर्ड गर्ने, समुद्रमुनिका तारहरूबाट गुप्तचर सङ्कलन गर्ने, मिसाइल प्रहारको टेलिमेट्री डाटा रेकर्ड गर्ने जस्ता काम गरिरहेका छन् । चिनियाँ नौसेनाले यो डाटा हिन्द महासागरमा आफ्नो सञ्चालनका लागि प्रयोग गर्दै आइरहेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.