डच सरकारले चिनियाँ टेक विद्यार्थीको सुरक्षा जोखिम जाँच गर्ने

काठमाडौं । डच सरकारले राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने डरले विश्वविद्यालयहरूले केही चिनियाँ स्नातकोत्तरलाई शीर्ष टेक्नोलोजी डिग्रीबाट प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जाँच गर्ने योजना बनाएको छ।

डच शिक्षा मन्त्री रोबर्ट डिज्कग्राफले राज्य सञ्चालित चिनियाँ छात्रवृत्ति काउन्सिलले अनुदान दिएका विद्यार्थीहरूलाई सुरक्षाको आधारमा धेरै विश्वविद्यालयहरूले बहिष्कार गर्न थालेपछि उनीहरूमाथिको प्रतिबन्धको अनुसन्धान गरिरहेको बताए।

चिनियाँ छात्रवृत्ति प्राप्त गर्नेहरूले कम्युनिष्ट पार्टीप्रति वफादारीको शपथ लिनुपर्छ, अध्ययन पूरा गरेको दुई वर्षभित्र चीन फर्किनुपर्छ र आफूले अध्ययन गरेको देशमा रहेको चिनियाँ दूतावासमा रिपोर्ट गर्नुपर्छ। यो समाचार पहिलो पटक डच पत्रिकाले रिपोर्ट गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।

दशकौंको खुलापनपछि बेइजिङले देखाएको कथित सुरक्षा र आर्थिक खतराबारे युरोपेली संघका देशहरूले अपनाएको कडा अडानको यो पछिल्लो संकेत हो।

डिज्कग्राफले फाइनान्सियल टाइम्सलाई विश्वविद्यालयहरूको चिन्ता सेयर गरे।

‘सामान्यतया, राज्यको लागि उच्च गुणस्तरको ज्ञान र प्रविधि प्राप्त गर्न अनुदान कार्यक्रमहरूको लक्षित प्रयोग अवांछनीय छ,’ मन्त्रीले भने, ‘मैले नेदरल्याण्डमा कतिवटा सीएससी अनुसन्धानकर्ताहरू छन् र तिनीहरू कुन क्षेत्रमा सक्रिय छन् भनेर हेर्नको लागि एक अध्ययन स्थापित गरेको छु।’

उनले यस वर्ष संसदमा यसको रिपोर्ट गर्ने बताएका छन्। साथै नलेज सेक्युरिटी स्क्रिनिङ कानून पनि तयार गरिने बताए। ‘जोखिम क्षेत्रहरू-संवेदनशील टेक्नोलोजीहरू-हाल म्याप आउट भइरहेको छ। स्क्रिनिङ जोखिम उन्मुख हुनेछ। यो दृष्टिकोण ईयु बाहिर कुनै पनि देशमा लागू गर्न सकिन्छ, ताकि हामी खतरा मूल्याङ्कनको विकासका लागि तयार छौं।’

डिज्कग्राफलले थपे, ‘चिनियाँ विद्यार्थीहरूलाई बहिष्कार गर्ने“ कुनै खास नीति थिएन वा संवेदनशील क्षेत्रमा चिनियाँ संस्थान वा अनुसन्धानकर्ताहरूसँगको सहकार्यलाई निरुत्साहित गर्ने योजना छैन।’

यद्यपि, हेग चीनलाई एडभान्स प्रविधि हस्तान्तरण गर्न प्रतिबन्ध लगाउन वाशिंगटनको दबाबमा परेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.