चीनले नाका नखाेल्दा उठ्याे संसदमा आवज

काठमाडौं । चीनले सबै सीमा नाका नखाेल्दा संसदमा आवज उठेकाे छ ।

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउँदै संसदमा आवज उठाएका हुन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका गराउँदै संसदमा आवज उठाएका हुन् ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।

नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने भन्दै नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.