काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउँदलाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत साउँदलाई बधाई दिएका हुन् ।
उनले बधाई दिँदै लेखे, ‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै मिलेनर काम गर्ने आशा गर्दछु, तपाईको नयाँ भूमिकामा सफलताको शुभकामना।’