एजेन्सी । श्रीलंकामा पनि चिनियाँ नागरिकले अपराधिक तथा ठगी धन्दा चलाइरहेका छन् ।
अनलाइनको माध्यमबाट आर्थिक ठगीमा संलग्न रहेका ३९ चिनियाँ नागरिकलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेकाे छ ।
आर्थिक संकटबाट विस्तारै काँचुली फेरिदै गरेको श्रीलंकामा चिनियाँ नागरिककाे अवैध गतिविधि ह्वात्तै बढेकाे अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छ ।
अनलाइन आर्थिक ठगीमा संलग्न रहेको आरोपमा श्रीलंकाले कम्तीमा ३९ चिनियाँ नागरिकलाई पक्राउ गरिएकाे समाचार उल्लेख छ ।
आरोपितहरुले विभिन्न देशमा बसोबास गर्दै आएका मानिसहरूलाई इन्टरनेट प्रयोग गरेर केही महिनादेखि करोडौंको रकम ठगी गरेका थिए ।
उनीहरुविरुद्ध विभिन्न दूतावासमा उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ । उनीहरु पर्यटकीय स्थलमा बसेर ठगी धन्दा सञ्चालन गर्दै आएका थिए ।