चीनले अन्टार्कटिकामा रिसर्च स्टेसन बनाउँदै, जासुसीसँग डराउँदै विश्व

एजेन्सी । चीनकाे नजर अब अन्टार्कटिकामाथि रहेकाे छ। चीन त्यहाँ ग्राउन्ड स्टेसन बनाउन लागि रहेकाे छ। कारण आफ्नाे अन्तरिक्ष मिशनको लागि यस्तो केन्द्र बनाउनु हो जहाँबाट उपग्रहहरूको निगरानी गर्न सजिलो हाेस।

अमेरिका र सोभियत संघपछि चीन आफ्नो मानिसलाई अन्तरिक्षमा पठाउने विश्वको तेस्रो मुलुक बनेको छ । चीनले अन्टार्कटिकामा निर्माण गर्ने योजना बनाएको ग्राउण्ड स्टेसनले समुद्रलाई अनुगमन गर्ने उपग्रहहरूको नेटवर्कलाई समर्थन गर्नेछ।

चीनको बढ्दो ग्लोबल ग्राउन्ड स्टेशन, धेरै स्याटेलाइट र अन्तरिक्ष अभियानलाई लिएर सारा विश्व चिन्तित छ। किनभने भारत, अमेरिकाजस्ता धेरै देशले चीनले यी भूउपग्रहहरूमार्फत जासुसी गरेको महसुस गर्छन्।

सन् २०२० मा स्वीडेनको अन्तरिक्ष कम्पनीले आफ्नो ग्राउन्ड स्टेशनबाट चीनको अन्तरिक्ष यान र यसको डाटा प्रसारण गर्न सहयाेग गरेकाे थियाे । तर अहिले स्वीडेनले चीनसँगको सम्झौता नवीकरण गरेको छैन। किनभने स्वीडेनले भू–राजनीतिका कारण चीनसँग काम गर्न अस्वीकार गरेको छ ।

चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनीले अन्टार्कटिकामा दुईवटा स्थायी अनुसन्धान स्टेशनहरू निर्माण गर्न लागेको छ। यसका लागि उसले ६.५३ मिलियनमा सम्झौता गरेका छन् । चिनियाँ अनुसन्धान केन्द्रको नाम झोङसान रिसर्च बेस हुनेछ। चिनियाँ सरकार वा कम्पनीले यस अनुसन्धान स्टेशनको बारेमा धेरै जानकारी सेयर गरेको छैन।

झोङसान अनुसन्धान आधार पूर्वी अन्टार्कटिकाकाे प्रिड्ज बे खाडीमा निर्माण गरिनेछ। यो हिन्द महासागरको दक्षिणमा अवस्थित छ। चाइना स्पेस न्यूजका अनुसार यो स्टेशनले चीनको समुद्री शक्ति र व्यापारलाई बढावा दिनेछ। यद्यपी, चीनले अर्जेन्टिनाको पाटागोनियामा ग्राउन्ड स्टेशन पनि बनाएको छ ।

चीनले यो स्टेसन वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष अभियानलाई सहयोग पुर्‍याउनको लागि मात्र निर्माण गरिएको वाचा गरेको थियो। तर धेरै देशहरु यो स्टेशनसँग असन्तुष्ट छन्। गत वर्ष चीनको सैन्य सर्वेक्षण जहाजका कारण भारतसँग तनाव भएको थियो ।

श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा उसले आफ्नो जासुसी जहाजलाई केही दिन रोकेका थिए। यस जहाजबाट चीनले उपग्रह प्रक्षेपण, रकेट र मिसाइल प्रक्षेपणको निगरानी गरिरहेकाे छ। भारतले यो जहाज जासुसीका लागि बनाइएको आरोप लगाएको थियो । पछि अन्तर्राष्ट्रिय दबाबपछि चीनले फिर्ता बोलाएको थियो ।

चीनले गत वर्ष अक्टोबरमा आफ्नो अन्तरिक्ष स्टेशनको अन्तिम तीन मोड्युल प्रक्षेपण गरेको थियो। पृथ्वीको तल्लो कक्षमा नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पछि, चीनले दोस्रो अन्तरिक्ष स्टेशन बनाएको छ। जसमा चिनियाँ अन्तरिक्ष यात्रीहरू बस्छन्।