एमाले लोकतन्त्र विरोधी पार्टी हो : मन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमवार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् ।

“हामीले लडेर ल्याएको व्यवस्थाविरुद्वमा नेकपा एमाले छ,” उनले भने,“७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्याउन एमाले उद्धत छ ।” उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताएका हुन् ।

“यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उनले भने, “यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।”

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क हुने आश्वासन दिए ।

संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गरे ।

बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकासका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.