भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

एजेन्सी । संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन् ।

४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो ।

सेप्टेम्बरमा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका भारतीय मूलका ऋषि सुनक यसपटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.