विष्णु रिजालले भने- ओली एक नम्बर फटाहा, १० प्रतिशत पनि सही छैनन् (भिडियोसहित)

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै नेताहरुले एक-अर्काको आलोचनालाई तीव्र पारिरहेका छन् भने विगतमा नेताहरु विरुद्ध दिएका अभिव्यक्तिहरु पनि खोजेर सामाजिक सञ्‍जालमा शेयर हुने गरेका छन्।

यस्ता क्रियाकलापहरुले नेताहरुको चरित्र र उनीहरुको व्यवहारलाई उदांगो पारिदिन्छ। जसमध्येका एक हुन्, नेकपा एमालेका नेता विष्णु रिजाल। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्त बन्‍न खोजेका उनी विगत माधव नेपाल समूहमा रहेका थिए।

तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीविरुद्ध उनी चर्को रुपमा खनिने गरेका थिए। अहिले भने ओलीको निकै बचाउ गरिरहेका हुन्छन् भने विगतमा ओलीविरुद्ध खनिएजसरी नै अहिले अन्य नेताहरुविरुद्ध खनिरहेका हुन्छन्।

त्यस समयमा नेता रिजालले केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक काम भएको भन्दै ओलीले संविधानलाई मास्‍ने काम गरेको बताएका थिए। अहिले भने उनी ओली महान नेता भएको भन्दै प्रशंसा गरिरहेका हुन्छन्।

उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘झुट बोल्‍ने नेताहरुमध्ये केपी शर्मा ओली एक नम्बरमा हुनुहुन्छ। गत साल नै उहाँले पानी जहाजको टिकट बेच्दै हुनुहुन्थ्यो। उहाँले भनेका कुराहरुको फेहरिस्त बनाउने हो भने त्यसमा १० प्रतिशत पनि सही छ जस्तो लाग्दैन।’

उनले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधानको चिरहरण गरेकोसमेत बताएका छन्। उनले भनेका छन्, ‘उहाँले संसद् विघटन गरेर चुनावको घोषणा गर्नुभएको छ। केपी शर्मा ओली र राष्ट्रपति मिलेर संविधानको चिरहरण गर्ने काम भएको छ। यसले नेपालको संविधानलाई नै उल्ट्याउने खेल भएको छ।’

नेता रिजाल भने अहिले ओली भक्त भएका छन्। उनले ओलीका हरेक गतिविधिको प्रशंसा गरिरहेका छन् भने पार्टीका नेताहरुमाथि ओलीले गरेको व्यवहारलाई पनि सही भन्दै अभिव्यक्ति दिइरहेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.