कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरूका लागि आफूले परीक्षा दिने नम्बरहरूमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूहरूले परीक्षा दिने नियमहरूमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ ।

कार्यालयका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्न वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि परिक्षामा सहभाी हनु पाउने गरी परीक्षा सञ्चालन हुन लागेको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.