भारतमा ५-जी ट्रायलको लागि चिनियाँ कम्पनीले अनुमति पाएन

एजेन्सी। चिनियाँ टेलिकम कम्पनीहरूलाई भारतमा फाइभ-जी (५-जी ) टेक्नोलोजी ट्रायलमा अनुमति नदिने निर्णय भएको छ। जुन निर्णयलाई चीनले चिन्ताजनक र अफसोसपूर्ण भनेको छ । भारत र चीनबीच सिमा बिबादपछि अब प्रबिधीमा बिबाद शुरु भएको हो ।

द हिन्दू अखबारका अनुसार भारतीय विदेश मन्त्री एस.जयशंकरले बुधबार लन्डनमा ‘ग्लोबल डायलग’ सीरिजको कार्यक्रममा भारतको दृष्टिकोण प्रस्तुत गर्दै यदि सीमामा तनाव भयो भने अन्य क्षेत्रमा राम्रो सम्बन्ध ‘साँचो’ हुन नसक्ने वताएका थिए ।

यद्यपि जयशंकरले ५-जी मुद्दाहरूको विशेष उल्लेख गरेनन्। तर, सम्बन्धमा भारतको दृष्टिकोण धेरै व्यापक रहेको उल्लेख गरे ।उनले भने, ‘एकातिर सीमामा रक्तपात, टकराव, जबरजस्ती धम्कीको काम छ र त्यसपछि चीन भन्छ-अन्य क्षेत्रमा पनि राम्रो सम्बन्ध बनेको छ। यो वास्तविक छैन।’

दूरसञ्चार विभागले मंगलबार टेलिकम सेवा प्रदायक (टीएसपी) कम्पनीहरूलाई ५-जी टेक्नोलोजी ट्रायल गर्न अनुमति दिएको थियो। यससँग, ख्वे र जेडटीई जस्ता चिनियाँ कम्पनीहरू भारतमा ५-जी छनौटबाट रोकिए ।

टेलिकम मन्त्रालयको भनाइ अनुसार भारतीय एयरटेल लिमिटेड, रिलायंस जियो इन्फोकम लिमिटेड, भोडाफोन आइडिया लिमिटेड र एमटीएनएल टीएसपी आवेदक हुन्। यी कम्पनीहरूले मूल उपकरण निर्माता र टेक्नोलोजी प्रदायक एरिक्सन, नोकिया, सामसुङ र सी-डटसँग सम्झौता गरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.